जेठ १० काठमाडौ । सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिनुभएको छ । संक्रमित सबै भारतबाट आएको बताइएको छ
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको हो ।
डाक्टर खड्काका अनुसार संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।
यसअघि दैलेखको आठविस नगरपालिकाका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । अब कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।