निजामती कर्मचारी संगठनको अध्यक्षमा पुष्पराज चयन

निजामती कर्मचारी संगठनको अध्यक्षमा पुष्पराज चयन

मुसिकोट । नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको विस्तारित भेला जिल्ला सम्पन्न भएको छ । बुधबार सम्पन्न संगठनको भेलाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

मुसीकोटमा भएको संगठनको भेलाबाट पुष्पराज ओलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरिएको हो । ओली यसअघि संगठनको उपाध्यक्ष हुनुहुन्थ्यो ।

संगठनको उपाध्यक्षमा निम बहादुुर केसी, र सामना केसी, सचिव धनविर केसी र सह सचिव सागर कुमार भुजेल र कोषाध्यक्षमा कविराज केसी चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

संगठनको खुला सदस्यमा बिरेन्द्र विष्ट, सुरेन्द्र खत्री, केदार शर्मा, शशिराम बिष्ट, भिम खत्री चयन हुनुभएको छ ।

यसैगरि समावेशी तथा अन्य तर्फको सदस्यमा नविना बाँनियाँ, तुुलबीर विक, कविन्द्र पुन, सुरेश कुमार यादव, देवी ओली, विरेन्द्र अधिकारी, सर्पु मल्ल, ओम प्रकाश केसी, रोजेन्द्र प्रसाद भटराई र कृष्णमान केसी चयन हुनुभएको हो ।

संगठनको भेलामा एमाले कर्णाली प्रदेश कमिटि सदस्य कर्ण बहादुर ओली, एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटा, पेशागत संगठनका केन्द्रीय सदस्य प्रकाश खड्का, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं रुकुम पश्चिम जिल्ला ईन्चार्ज जसवीर खत्री, संगठनका प्रदेश कमिटि सचिव मनोज केसी लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार