आठविसकोटमा वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाइयो

आठविसकोटमा वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाइयो

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ आक्चेकाफल भन्ने स्थानको राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएको संरचनाहरु हटाएको छ ।

उक्त वन क्षेत्रमा अतिक्रमण गरी स्थानीय दत्ते कामीले निर्माण गरेर विभिन्न संरचनाहरु डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तरगत आठविसकोट सब डिभिजन वन कार्यालयको टोलीले स्थानीय, प्रहरी र जनप्रतिनिधीहरुको सहभागितामा संरचनाहरु हटाएको जनाएको छ ।

अतिक्रमण खाली गरिएको क्षेत्रमा डिभिजन वन कार्यालयले यसै वर्ष वृक्षारोपण गर्ने डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार