चौरजहारीमा मनाइयो संविधान दिवस (फोटो-फिचर)

चौरजहारीमा मनाइयो संविधान दिवस (फोटो-फिचर)

चौरजहारी । संविधानसभाबाट नेपालको संविधान जारी भएको आजबाट नौ वर्ष पूरा भएर दश वर्षमा लागेको छ।

२०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

यस अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।

दिवसको अवसरमा चौरजहारी नगरपालिकाले प्रभातफेरी र चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा चौरजहारी नगर प्रमुख पुष्प बादी, वडा अध्यक्ष, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दल, व्यापारी, वुद्धिजीवि, सङ्घसंस्था, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार