काँढाहरूको भरोसामा

काँढाहरूको भरोसामा

दुनियाँमा
फुल मन नपराउने
को नै हुन्छन् होला ?
फूलको सुन्दरतामा
प्रेमील भाव नसाट्ने
को नै हुन्छ होला ?
त्यही भएर मान्छेहरू
फुलको बखान गर्छन्
बासनाको तारिफ गर्छन्
सिरमा सिउरिन्छन्
अञ्जुलीमा राखेर
मीठो चुम्बन गर्छन् ।।
काँढालाई नदुत्कार्ने
को हुन्छ होला ?
तर ,
काँडाहरूको भरोसामा
हाँसेर गुलाफ फुल्छ
जीवनको अन्तिम लिला
जीवनको अर्को अध्याय
पुनः अंकुराउन
उसकै भरोसामा
मुर्झाएर
भुँइमा झर्छ ।।
०८१ असोज ०६ , रूकुम पश्चिम

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार