संयुक्त एम्बुलेन्स चालक संघद्धारा स्टेचर हस्तान्तरण

संयुक्त एम्बुलेन्स चालक संघद्धारा स्टेचर हस्तान्तरण

मुसिकोट । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल जिल्ला कार्यसमिति रुकुम पश्चिमले मुसिकोट नगरपालिका र जिल्ला ट्राफिक कार्यालयलाई स्टेचर हस्तान्तरण गरेको छ ।

शुक्रबार मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीलाई संघ जिल्ला अध्यक्ष कृष्ण कुमार ददेलले बिरामी बोक्न प्रयोग हुने १४ वटा स्टेचर हस्तान्तरण गर्नुभएको हो । मुसिकोट नगरपालिका १४ वटै वडालाई एक/एक थान पुग्नेगरि स्टेचर हस्तान्तरण गरिएको हो ।

यस्तै संघका अध्यक्ष ददेलले आजै जिल्ला ट्राफिक कार्यालयकालाई १ थान स्टेचर गर्नुभएको छ ।

सदरमुकाम भएर पनि सबै टोल र बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल सडकसम्म वा अस्पतालसम्म पुर्‍याउन स्टेचर आवश्यक पर्ने भएकाले सहयोग गरिएको अध्यक्ष ददेलले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको छ वटै स्थानीय तहका ७३ वडालाई एक/एक वटाका दरले स्टेचर वितरण गर्ने योजना रहेको संघका सचिव विजय बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ५ वटा स्थानीय तहलाई पनि केहि दिनभित्र स्ट्रेचर सहयोग गरिने छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार