दसैंको टीकाको दिन र भोलिपल्ट प्रहरीले निःशुल्क बस चलाउने

दसैंको टीकाको दिन र भोलिपल्ट प्रहरीले निःशुल्क बस चलाउने

काठमाडौँ । दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा निःशुल्क बस चलाउने भएको छ।

बिहान ८ः३० र अपराह्न ४ बजे दुई सिफ्टमा दुईवटा रुटमा बस चलाउन लागेको नेपाल प्रहरीले जानकारी दिएको छ।

रुट नम्बर एकमा बिहान र दिउँसो नक्सालबाट गाडी छुट्नेछ। पहिलो रुटको गाडी बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै नक्साल पुग्नेछ।

दोस्रो रुटको गाडी पनि नक्सालबाटै छुट्नेछ। यो रुटको गाडी रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक पुगेर सोही रुट हुँदै चावहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।

यो रुट पनि बिहान र अपराह्न दुवै सिफ्टमा चल्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार