शान्ति सुरक्षा र विपद व्यवस्थापनमा प्रहरीको भूमिका अतुलनीय : सांसद केसी

शान्ति सुरक्षा र विपद व्यवस्थापनमा प्रहरीको भूमिका अतुलनीय : सांसद केसी

रुकुमकोट । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले सीमित साधनस्रोतका बाबजुद शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायतको कार्यमा नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।

६९औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले आयोजना गरेको कार्यक्रममा सम्बोदन गर्दै सांसद केसीले ‘शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । सांसद केसीले भन्नुभयो, ‘उर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्ने प्रहरीहरूप्रति सम्मान छ ।’

रुकुम पूर्वका विकट गाउँमा खटेर त्यस क्षेत्रका जनतासँगको समन्वयमा नेपाल प्रहरीले देखाएको व्यावसायिक कार्यसम्पादनको समेत प्रशंसा गर्नुभएको छ । भौतिक संरचनाको अभाव, सिमित स्रोतसाधन हुदा पनि आफ्नो जिम्मेवारी पूरा गर्ने तल्लो तहका प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ । सासद केसीले चालु आर्थिक बर्षमा खर्च गर्ने गरी लुम्बिनी प्रदेश सरकार मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको लागि बजेट व्यवस्थापन भएको बताउनु भयो ।

यस्तै उहाँले प्रहरी युनिटको भौतिक संरचना निर्माण तथा अन्य स्रोतसाधनको व्यवस्थापनका लागि आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायत विभिन्न सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी, अमर प्रहरी परिवार, जग्गादाता, पूर्व प्रहरी कर्मचारी र समाजसेविलाई सम्मान गरिएको छ ।

यस्तै दिवसको अवसरमा संचालित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार