स्व. देवकोटाको स्मृति तथा सम्मानमा अक्षयकोष स्थापना

स्व. देवकोटाको स्मृति तथा सम्मानमा अक्षयकोष स्थापना

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको रत्न आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

नेकपा (एमाले) रुकुम पश्चिमका अध्यक्ष समेत रहनुभएका नन्दराम देवकोटाले उहाँको धर्मपत्नी स्वर्गीय रमाकुमारी देवकोटाको स्मृति तथा सम्मानमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुवराज केसीका अनुसार विद्यालयमा एक लाख १११ रुपियाँको ‘रमाकुमारी देवकोटा स्मृति छात्रबृति अक्षयकोष’ स्थापना गरिएको हो ।

वि.सं. २०२९ सालमा जन्मनुभएकी देवकोटाको २०७९ साउन ५ गतेका दिन अल्पायुमै निधन भएको थियो । कात्तिक १७ गते शुक्लपक्षको प्रतिपदा तिथीको अवसर पारेर उहाँको परिवारका तर्फबाट विद्यालयमा अक्षयकोष स्थापनाका लागि विद्यालयमा चेक हस्तान्तरण गरिएको हो ।

स्व. देवकोटाका श्रीमान् नन्दराम देवकोटा, कान्छा छोरा बिकल्प देवकोटा र छोरी सृष्टि देवकोटाले विव्यस अध्यक्ष केसीलाई अक्षयकोष निर्माणको रकम विद्यालयमै एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

यस अवसरमा विद्यालयकातर्फबाट देवकोटा परिवारलाई सम्मान समेत गरिएको थियो । उक्त अक्षयकोषको लाभांसबाट प्राप्त रकमले हरेक वर्ष गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार