महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा देवकोटा चयन

महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा देवकोटा चयन

मुसिकोट । महिला मावन अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार ११ औं साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले ब्यूँझना पुन देवकोटाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन समेत गरेको छ ।

जसको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा निर्मला विष्ट, सह सचिवमा सुमिनाकुमारी घर्ती र कोषाध्यक्षमा हुकुमकुमारी केसी चयन हुनुभएको छ ।

यसैगरि सदस्यहरुमा गोमा नेपाली, झरणा विक, माया बोहरा, मनकुमारी पुन, राधिका भण्डारी, बसन्ती परियार, बन्दना खड्का, प्रेमा शाही, कल्पना घर्ती, सृजना पुन, मंगली खत्री, लक्ष्मी केसी, कमला खड्का मनिषा केसी र भावना शर्मा चयन हुनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार