दाङ। नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले ४२५ जना आफ्ना जेष्ठ क्रियाशिल सदस्यलाई न्यानो कपडासहित सम्मान गरेको छ।
शुक्रबार नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका सभापति सुरेश हमाल नेतृत्वको टिमले प्रत्येक जेष्ठ नागरिकलाई २० हजार बढीको सामग्रीसहित सम्मान गरेको हो।
उपमहानगरभरका हरेक जेष्ठ क्रियाशिल सदस्यलाई प्रदान गरिएका सामग्रीमा रुइको शिरक एक थान, एउटा ऊनीको टोपी, किचेनमा लगाउने न्यानो चप्पल, चेवनप्रासलगायत बाँडिएको हो।
कांग्रेस नगर कार्यसमितिले उक्त सामग्री वितरणमा १० लाख बढी खर्च गरेको बताएको छ।
त्यो सबै रकम कार्यसमितिका पदाधिकारीका साथै विदेशमा रहेका कांग्रेसमा आस्था राख्ने व्यक्तिहरूको सहयोगबाट संकलन गरिएको नगर उपसभापति विनिल केसीले जानकारी दिनुभयो ।