काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भट्टराईले एआईजीको दज्र्यानी चिन्ह पाउने भएका छन् ।
बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराईले आगामी ५ चैतसम्म मात्रै कार्यभार सम्हाल्न पाउने छन् । ५ चैतमा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन् ।