चौरजहारी नगरपालिकाले गर्यो ५७ जना सहिद परिवारलाई सम्मान

चौरजहारी नगरपालिकाले गर्यो ५७ जना सहिद परिवारलाई सम्मान

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सहिद परिवारहरूलाई सम्मान गरेको छ ।

नगरपालिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सशस्त्र युद्धका क्रममा सहिद भएका परिवारहरूलाई सम्मान एवम् अभिनन्नदन गरेको हो ।

चौरजहारी नगरपालिका क्षेत्र भित्रका तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबाट ५७ जनाले सहादत प्राप्त गर्नुभएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालका अनुसार सहिद परिवारलाई दोसल्ला, सहिदको फोटोसहितको सम्मानपत्र, काँसको थालीसहित सम्मान गरिएको हो । सम्मान तथा अभिन्नदन कार्यक्रममा सहिद परिवारका समस्या, जिज्ञासा र सुझाव समेत सङ्कलन गरिएको छ ।

कार्यक्रममा चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा बिएम लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार