काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले रुकुम पश्चिमको सल्ले र चौरजहारी विमानस्थलबाट उडान नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेको भन्दै सरकारसँग नियमित उडान सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।
बिहीबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद रोकायाले दुवै विमानस्थलबाट उडान भर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, “दुवै विमानस्थलबाट उडान बन्द भएको छ र यसले जिल्लाका सर्वसाधारणलाई निकै कठिनाइमा पारिरहेको छ। त्यसैले सरकारले आवश्यक प्रक्रिया पुर्याएर उडान सञ्चालन गर्न तत्काल कदम चालोस्।”
चौरजहारी विमानस्थल लामो समय देखि बन्द रहेको छ भने सल्ले विमानस्थल सञ्चालनमा रहेपनि कही समय देखि नेपाल एयरलाइन्सको सेवा बन्द छ भने निजी एयरलाइन्सले नेपालगञ्ज-रूकुम उडान भरिरहेको छ ।