जिल्ला समन्वय समिति रुकुम पश्चिमको १० औँ जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति रुकुम पश्चिमको १० औँ जिल्ला सभा सम्पन्न

मुसिकोट । रुकुम पश्चिमको १० औँ जिल्ला सभा सम्पन्न भएको छ । आज मुसिकोट खलंगामा सम्पन्न जिल्ला सभाले आगामी वर्षका लागि विभिन्न नीति तथा कार्यक्रमहरु पास गरेको छ ।

प्राथमिकरण गरेर विषयगत रुपमा नीति तथा कार्यक्रमहरु जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सभामा पेश गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रम परिमार्जन सहित सभाले पास गरेको जनाइएको छ ।

सभामा पेश भएको नीति तथा कार्यक्रममा जिल्ला सभाका सदस्यहरुले आफ्नो धारणा सहित सुझावहरु राखेका थिए ।

सभाले भूकम्पपछिको पुनर्निर्माण, रोजगारी सृजना र गरीबी निवारण, पर्यटन तथा संस्कृति क्षेत्रको विकास र प्रवद्र्धन, सामाजिक सुरक्षा, उत्पीडित एवं कमजोर वर्गको सशक्तिकरण, महिला, बालबालिका र जेष्ठ नागरिक, युवा तथा खेलकुद, सार्वजनिक सेवा र विकास मार्फत सुशासन प्रवद्र्धन र अनुगमन, मुल्यांकन, समन्वय र सहजिकरण तर्फ पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रम  छलफल र परिमार्जन सहित पास भएको प्रमुख गौतमले बताउनुभयो ।

जिसस प्रमुख गौतमको अध्यक्षतामा भएको सभामा  प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय र कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लको विशेष आतिथ्यता रहेको थियो ।

जिसस उपप्रमुख देवबहादुर विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्टराईले गर्नुभएको थियो ।

त्यस्तै जिल्लाका ६ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, समन्वय समितिका सदस्य, प्रमुख जिल्ला अधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार