काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत मनिराज शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ९ निवासी शाहलाई आज काठमाडौंमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता प्रदान गरेर पार्टिमा स्वागत गर्नुभएको जिल्ला सभापति प्रेम प्रकाश ओलीले जानकारी दिनुभयो ।
लामो समय आठविसकोट नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका शाह २०८१ कात्तिकमा स्वैच्छिक अवकास लिएका थिए। उनी यसअघि नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको सदस्यको रूपमा सक्रिय थिए।
प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली, जिल्ला सभापति प्रेमप्रकाश ओली, उपसभापति सुरज जंग मल्ल, पूर्व उपसभापति धीरेन्द्र बटाला, नेपाली काँग्रेस रुकुम पश्चिम प्रदेश सभा (ख) का क्षेत्रीय उप-सभापति कमल जंग बिक लगायतको उपस्थिति रहेको थियो।
आजै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि शाहलाई पार्टीमा स्वागत गरेका छन्।



 
					
							 
			 
                             
                             
                             
                             
                            