सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार (जेठ २३) सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार (जेठ २२) पनि छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमै किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार