मुसिकोट । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुकुम पश्चिमले आफ्नो प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। भेला भोलि शनिबार मुसिकोट खलंगामा आयोजना हुनेछ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष टेकम बाठामगरकाे प्रमुख आथित्यता रहने छ । जिल्ला भेलाले स्थानीय नेतृत्वलाई एकजुट बनाउने, पार्टीको नीति तथा कार्यक्रमलाई जनतामाझ पुर्याउने र आगामी रणनीति तय गर्ने उद्देश्य राखेको पार्टीका महाधिवेशन प्रतिनिधि धनसिङ बाठा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रशिक्षण कार्यक्रममार्फत कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त, लोकतान्त्रिक समाजवाद, समावेशी विकास र सङ्घीयताका विषयमा गहन छलफल र प्रशिक्षण प्रदान गरिनेछ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुकुम पश्चिमको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम हुदै
