काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुलनजिकै सुक्खा पहिरो गएको छ । सुक्खा पहिरोका कारण अहिले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
उक्त स्थानमा अहिले पहिरो फाल्ने काम भइरहेको र माथिबाट थप पहिरो नखसे दुई/तीन घण्टाभित्र सडक सञ्चालनमा आउने मुग्लिन–नारायणगढ सडकखण्डका सुपरभाइजर ईश्वर क्षत्रीले जानकारी दिए ।