मुसिकोटको बजेट ६९ करोड ९९ लाख

मुसिकोटको बजेट ६९ करोड ९९ लाख

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि नयाँ कार्यक्रम तथा बजेट ल्याएको छ ।

मंगलबार भएको १५ औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले आगामी वर्षका लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार २ सय अर्थात् ७५.३० प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १७ करोड २९ लाख अर्थात् २४.७० प्रतिशत मात्र रहेको छ ।

आय तर्फ सङ्घीय वित्तीय समानीकरण अनुदान ११ करोड ५८ लाख, राजश्व बाँडफाँड १० करोड ३४ लाख ३९ हजार २ सय र विशेष अनुदान ६९ लाख अनुमान गरिएको छ । त्यस्तै सङ्घीय सशर्त अनुदान ३६ करोड ३० लाख र समपूरक अनुदान ८७ लाख अनुमान गरिएको छ ।

प्रदेश समानीकरण अनुदान तर्फ ७० लाख, राजस्व बाँडफाँड १५ लाख र सशर्त अनुदान ३ करोड ४१ लाख ९८ हजार अनुमान गरिएको नगर उपप्रमुख पुनले नगर सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

यसका साथै स्थानीय राजस्व बाँडफाँडबाट ७० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट २ करोड ६० लाख प्राप्त हुने अनुमान सहित चालु आर्थिक वर्ष २०८१/०८२ को मौज्दात १ करोड ८१ लाख समेत आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार