चौरजहारी नगरपालिकाद्वारा वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको समिक्षा

चौरजहारी नगरपालिकाद्वारा वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको समिक्षा

मुसिकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको अवस्थामाथि समिक्षा गरेको छ।

नगरपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयनको समग्र अवस्था बुझ्न साक्षात्कार तथा समिक्षा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो। शाखागत रूपमा बजेट तथा कार्यक्रमको कार्यान्वयन विवरण प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार बजेटको वितरण, कार्यान्वयन प्रक्रिया र त्यसको प्रभावका विषयमा विभिन्न शाखा प्रमुखहरूले छुट्टाछुट्टै प्रस्तुतिकरण गरेका थिए।

यस वर्ष विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ८८.७१ प्रतिशत र पुँजीगत खर्चतर्फ ८६.९५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। समग्रमा बजेट कार्यान्वयन सन्तोषजनक तथा प्रशंसनीय रहेको सहभागीहरूको निष्कर्ष रहेको छ।

समीक्षा कार्यक्रममा बोल्ने जनप्रतिनिधि र कर्मचारीहरूले योजना तथा कार्यक्रमको सम्झौता समयमै गर्ने, अन्तिम त्रैमासिकमा मात्रै गतिविधि तीव्र पार्ने प्रवृत्ति हटाउने तथा अनुगमन र भुक्तानी प्रक्रियामा पर्ने चापलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, त्रैमासिक तथा मासिक लक्ष्य निर्धारण गरी शाखा प्रमुखहरूको कार्यसम्पादनको मूल्यांकन गरिने र उनीहरूलाई जवाफदेही बनाइने पनि नगरपालिकाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार