काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २९ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि विजयराज गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
कार्यसमितिका सदस्यहरूमा लता प्याकुरेल, गीता बराल, दुर्गा कार्की, केशव सिग्देल, विकास आचार्य, विद्या चापागाई निर्वाचित भएका छन् । केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुंगो लगाउनेछ ।

