२१औं शताब्दीमा प्रविधिको विकास र प्रयोगले दिन सक्छ मानव अस्तित्वलाइ चुनौती

२१औं शताब्दीमा प्रविधिको विकास र प्रयोगले दिन सक्छ मानव अस्तित्वलाइ चुनौती

पृथ्वीमा मानव जातीको प्राचिनता निर्णायक रुपले प्रमाणित भइसकेको छ । मानवजातीले अतितका यी युगौंयसगका काल कसरी गुजार्यो, कसरी जंगली जातीहरुले विस्तारै-विस्तारै, लगभग अंगोचर ढंगले कदम बढाउदै बर्बर जातीहरुको उच्चतम अवस्थामा प्रवेश गरे र किन केही अन्य कबिला र जनगण प्रगतीको दौडमा पछाडी छुटे, केही सम्यताको युगमा,केही बर्बर त केही जंगली युगमा यी प्रश्नहरुको जवाफ पनी अहिले मानवले गरेको विभिन्न प्रकारका प्रविधीहरुको आविष्कारहरु र यसको उच्चतम प्रयोगले दिइरहेको छ । मानव-प्रगतीको क्रममा  आविष्कार र खोजहरुको बिचमा एक क्रमिक सम्बन्ध छ । आविष्कार र खोजहरुको माध्ययमबाट भएको वुद्धीको विकास आज यती धेरै आधुनिक भइसक्यो कि अन्तत मानिसको वुद्धी र खोजले गरेको आविष्कार र प्रविधिको विकास ले स्वयं मानव अस्तित्वलाइ नै चुनौती दिन पुगेको छ । मानवजातीको प्रारम्भिक अवस्थामा सम्बन्धित नविनता परिक्षणले हामीलाइ कुन निष्कर्षतिर लिएर जादैछ भने मानवताले आफ्नो जीवन परिमाणको तल्लो सतहबाट आरम्भ गर्यो ( जीवननिर्वाह,शासन,भाषा,परिवार,धर्म,गृहस्थ जीवन र वास्तुकला, सम्पती र खोज आविष्कार )  र विस्तारै-विस्तारै प्रयोगहरुमा आधारित ज्ञानको भण्डारण जम्मा गर्दै जंगली अवस्थाबाट सभ्यतापर्फ तय गरेको आफ्नो यात्रा अन्तत: यती विकसित हुन पुग्यो कि युगको कुनै कालखण्डमा मानव अस्तित्वलाइ नै चुनौति दिने सम्भावना देखियो ।

२१औं शताब्दीको प्रविधिले मानव अस्तित्वलाई शारीरिक, मानसिक, सामाजिक र दार्शनिक रूपमा चुनौती दिँदै विस्तार गरिरहेको छ  । यी विकासहरूले अस्तित्वसम्बन्धी गहिरा प्रश्नहरू सिर्जना गरेका छन्ः हामी को हौं  ? हाम्रो सार के हो ? र कही कतै यो प्रविधिले नै मानवतालाई परिभाषित गर्ने अधिकार पाउँने त हैन ? भविष्यको मानव अस्तित्व जैविक र डिजिटलको सहजीवनमा आधारित हुने र यसको चरम विकास संगै कयौ मानिसहरु रोजगार विहिन हुने र प्रविधिमा शतप्रतिशत निर्भर भइ समग्र रुपमा मानिसहरुनै सारिरिक तथा मानसिक रुपमा कमजोर हुदै जाने त होइन ? हो २१औं शताब्दीको प्रविधि क्रान्तिले मानव अस्तित्वलाई नै पुनः परिभाषित गर्दैछ  आर्टिफिसियल इन्टेलिजेन्स, बायोटेक्नोलोजी र डिजिटलाइजेसनले गर्दा मानिसको अस्तित्वसम्बन्धी धारणा नै परिवर्तन भएको छ ।

कृत्रिम अङ्गहरू र ब्रेन-कम्प्युटर इन्टरफेसले मानिसलाई साइबोर्गमा परिणत गर्दैछन् भने जीन सम्पादन प्रविधि CRISPR ( Clustered Regularly Interspaced Short Palindromic Repeats) ले ‘डिजाइनर बेबी’को सम्भावना बलियो बनाएको छ । मेटाभर्सले आभासी अस्तित्वलाई वास्तविकता बनाउँदै छ भने मानव चेतनालाई कम्प्युटरमा स्थानान्तरण गर्ने विचारले शरीरपछिको जीवनलाई नयाँ अर्थ दिइरहेको छ ।

त्यसो हो भने यसले मानव अस्तित्वलाइ कसरी चुनौति दिइरहेको छ त ? यी प्रविधिहरुको विकासद्धारा मानव जातीलाइ अवसर संगै चुनौतीहरु के रहेका छन् आउनुहोस् यसलाइ बुदाँगत रुपमा बुझौ ।

अवसरहरू:

१. शारीरिक सीमाहरूको अतिक्रमण:
बायोनिक अङ्गहरू र जीन सम्पादनले अपाङ्गतालाई पराजित गर्ने, दीर्घायु प्रदान गर्ने र मानव क्षमतालाई विस्तार गर्ने सम्भावना छ र यसको प्रयोगले विश्वका कयौ बालबालिकाको जन्मजातै अपांग भएर जन्मिनेदरलाइ न्युनिकरण गर्नपनी अत्यन्तै मद्दत गर्नेछ ।

२. चेतनाको संरक्षण र विस्तार:
ब्रेन-कम्प्युटर इन्टरफेसले स्मृतिहरू संरक्षण गर्न, चेतनालाई डिजिटल रूपमा स्थानान्तरण गर्न र मानसिक क्षमताहरू बढाउन सक्छ ।

३. आभासी अस्तित्वको स्वतन्त्रता:
मेटाभर्सले शारीरिक सीमाहरूबाट मुक्ति दिँदै सर्बत्र उपस्थिति, नयाँ सामाजिक सम्बन्ध र अभिव्यक्तिको नयाँ माध्यम प्रदान गर्न सक्छ ।

४. व्यक्तिगतिकृत स्वास्थ्य सेवा:
AI-आधारित निदान र व्यक्तिगतिकृत उपचारले स्वास्थ्य सेवालाई क्रान्तिकारी बनाउने सम्भावना छ र यसको मद्दतले कयौ व्यक्तीहरुले हरेक  विषयमा स्वंय ज्ञान लिन सक्छन् ।

५. वस्तुहरुको उत्पादनमा वृद्धी संगै तिव्रता :
प्रविधि संगै विकास भएका विभिन्न प्रकारका मेशिन औजार तथा रोबोटहरुले गर्दा परम्परागत शैलिबाट संचालित उद्योगहरुको उत्पादनमा समेत तिव्र रुपमा वृद्धी भइरहेको छ  ।

चुनौतीहरू:

१. नैतिक दुविधा:
“डिजाइनर बेबी” ले सामाजिक असमानता, जैविक वर्ग विभाजन र मानवताको मौलिकतामा हस्तक्षेप गर्न सक्छ ।

AI लगायत विभिन्न सामाजिक संजालहरुको दुरुपयोगको कारण विभिन्न उच्च पदस्त व्यक्तीहरुको चरित्र हत्या र नैतिकतामा आँच आउने कृयाकलापहरुको वृद्धि हुने सम्भावना बढाउछ ।

२. गोपनीयता र नियन्त्रण:
डिजिटल मस्तिष्क अपलोड गर्ने तथा डाटा संग्रहणले व्यक्तिगत गोपनीयता, डाटा सुरक्षा र आत्मनिर्णयको अधिकारलाई जोखिममा पार्छ ।

३. सामाजिक असमानता:
उन्नत प्रविधिहरूको असमान पहुँचले समाजमा “विभाजन” सिर्जना गर्न सक्छ – संवर्धित मानिस र सामान्य मानिसबीचको खाडल।

४. पहिचानको संकट:
आभासी अवतार, AI सहयोगी र शारीरिक संशोधनले व्यक्तित्व र आत्मपहिचानलाई अस्पष्ट बनाउँछ ।

५. अस्तित्ववादी जोखिम:
कृत्रिम बुद्धिमत्ताको अतिक्रमणले मानवीय नियन्त्रण हराउने, स्वायत्त हतियारहरूको दुरुपयोग र मानवीय मूल्यहरूको क्षयको जोखिम छ ।

६. मानिसको जनसंख्याको वृद्धि हुने तर रोजगारीको अभाव:
विभिन्न प्रकारका प्रविधिहरुको आविष्कार र यसको प्रयोगले कयौ मानिसहरुको रोजगारीको अवसर गुम्न सक्छ जस्तै परम्परागत प्रविधिलाइ विस्तावित गर्ने कयौ प्रविधि र मेसिनहरुले यि प्रविधिमा आधारि उद्योगमा कार्यरत कामदारहरुलाइ रोजगार विहिन बनाउन सक्छ अन्त्यमा जनसंख्या वृद्धी हुदै जाँदा रोजगारी दर घट्दै जाने प्रचुर सम्भावना देखिन्छ ।

७. साइबोर्गको उदय – जैविक र यान्त्रिकको संगम

प्रविधिले मानव शरीरलाई नै संशोधन गर्ने सम्भावना खोलेको छ । कृत्रिम अङ्ग (Bionic Limbs), पेसमेकर, कक्लियर इम्प्लान्ट जस्ता उपकरणहरूले मानिसलाई “साइबोर्ग” को रूपमा परिणत गर्दैछन् । यसले शारीरिक अक्षमतालाई पार गर्ने कुरा मात्र होइन, मानवीय क्षमतालाई अभूतपूर्व रूपमा विस्तार गर्ने मार्ग खोलेको छ । यो प्रविधिको संगमले मानव अस्तित्वलाई “शुद्ध जैविक” भन्ने परिभाषालाई चुनौती दिइरहेको छ ।

८.  चेतनाको स्थानान्तरण – के तपाईंएउटा फाइल हुनुहुन्छ?

आर्टिफिसियल इन्टेलिजेन्स र ब्रेन-कम्प्युटर इन्टरफेस (BCI) को विकासले मानव चेतनालाई कम्प्युटरीय सिस्टममा स्थानान्तरण गर्ने (Mind Uploading) कल्पनालाई वास्तविकताको नजिक पुर्याएको छ । यदि तपाईंको सबै स्मृति, व्यक्तित्व र चेतनालाई एउटा डिजिटल प्लेटफर्ममा सुरक्षित गर्न सकिन्छ भने, शरीरको मृत्युपछि पनि तपाईंको अस्तित्व कायम रहन्छ के ? यसले आत्मा, चेतना र अमरत्वको दार्शनिक प्रश्नहरूलाई नयाँ सिराले उठाएको छ ।

९. आभासी अस्तित्व – मेटाभर्समा को पहिचान

मेटाभर्स र विस्तारित वास्तविकता (XR) ले हाम्रो अस्तित्वलाई भौतिक संसारभन्दा पर आभासी क्षेत्रमा विस्तार गरेको छ । यहाँ व्यक्ति एउटा अवतार (Avatar) को रूपमा अस्तित्वमा रहन्छ । यसले सामाजिक सम्बन्ध, कार्यसंस्कृति र यहाँसम्मकी आत्मपहिचानलाई नै परिवर्तन गर्दैछ । एउटा व्यक्तिको आभासी अवतार कत्तिको “वास्तविक” हो? भौतिक शरीर बिनाको यो अस्तित्वले मानवताको परम्परागत अवधारणालाई झनै जटिल बनाइरहेको छ ।

१०. AI संग सहअस्तित्व – स्वायत्तताको प्रश्न

AI ले गहन निर्णयहरू लिन सक्ने भएपछि मानवको स्वायत्ततामा प्रश्न उठेका छन्। सिफारिश प्रणाली (Recommendation Systems) देखि स्वायत्त हतियार (Autonomous Weapons) सम्म, AI ले हाम्रो जीवनका निर्णयहरूलाई प्रभावित गर्दैछ । के मानव अस्तित्व अब AI बिना पूर्ण हुन्छ? के हामी एउटा यस्तो समाजमा बस्थ्यौं जहाँ हाम्रो भविष्य र नैतिकता केही एल्गोरिदमले नियन्त्रण गर्छ ? यो सहअस्तित्वको नयाँ चुनौती हो।

११. आनुवंशिक इन्जिनियरिङ – निर्मितमानवको युग

CRISPR (Clustered Regularly Interspaced Short Palindromic Repeats) जस्ता जीन सम्पादन प्रविधिहरूले मानव जीनोमलाई परिवर्तन गर्ने शक्ति दिएका छन् । आनुवंशिक रोगलाई निको तुल्याउने क्षमताभन्दा बढी, यसले “डिजाइनर बेबी” – चाहिएको गुण भएका सन्ततीको सृष्टि गर्ने मार्ग खोलेको छ । यसले मानव अस्तित्वलाई “प्रकृतिको देन” बाट “मानवकृत उपलब्धि” मा परिणत गर्ने खतरा वा सम्भावना बोलाएको छ । जैविक नियतिवाद र स्वतन्त्र इच्छाशक्तिको बीचको द्वन्द्व यहाँ देखिन्छ।

१२. डाटा-आधारित पहिचान – के तपाईं तपाईंको डाटा हुनुहुन्छ?

बिग डाटा र डाटा विश्लेषणको युगमा, मानव अस्तित्वलाई संख्यामा परिणत गरिन्छ । तपाईंको स्वास्थ्य रेकर्ड, सामाजिक सञ्जालको गतिविधि, खोज इतिहास, किनमेल  यी सबै डाटाको समष्टिले नै तपाईंको डिजिटल छवि निर्माण गर्छ । कर्पोरेसनहरू र सरकारहरूले यसै डाटाबाट तपाईंलाई चिन्छन् र तपाईंको भविष्यवाणी गर्छन् । यसले मानवीय पहिचानलाई नयाँ संकटमा पारेको छ ।  के हामी हाम्रो डाटाको भण्डार मात्र हौं, वा त्यो भन्दा बढी कुनै कुरा ?

निष्कर्ष:

यी प्रविधिहरूले मानवतालाई उत्कृष्ट बनाउन वा विनाशको मार्गतर्फ लग्न सक्छन् । यसको सदुपयोग र दुरुपयोगबीचको सन्तुलन नै भविष्यको लागि निर्णायक हुनेछ। प्रविधिलाई मानवीय मूल्य र नैतिकताको दिशानिर्देशनमा विकास गर्नुपर्ने आवश्यकता छ र यी सम्पूर्ण विकासले मानव अस्तित्वलाई जैविक सीमाभन्दा पर लगेका छन् । प्रविधिले मानिसलाई अमरत्व, परिवर्धित क्षमता र बहु-आयामी अस्तित्वको सम्भावना प्रदान गरेको छ । तर यसले उठाएका नैतिक, सामाजिक र दार्शनिक प्रश्नहरूले मानवजातिलाई आफ्नो सार तथा भविष्यको बारेमा पुनः सोच्न बाध्य पारिरहेको छ ।

यो लेख २१ औ शताब्दीमा प्रकाशित प्रविधिको आविष्कार, विकास र यसले मानव अस्तित्वमा निम्त्याउन सक्ने अवसर तथा चुनौतीहरु संग सम्बन्धित प्रसिद्ध पुस्तकहरु ( प्रसिद्ध भौतिकशास्त्री तथा एआई अनुसन्धानकर्ता म्याक्स टेग्मर्कको लाइफ ३.०,  निक बोस्ट्रमको सुपरइन्टेलिजेन्स, विश्व आर्थिक मञ्चका संस्थापक क्लाउस श्वाबको चौथो औद्योगिक क्रान्ति, इतिहासकार युभाल नोआ हरारीको होमो डियस, रे कोर्ज़वीलको द सिङ्गुलारिटी इज नियर, काइ-फु लीले आफ्नो पुस्तक AI सुपरपावरहरू,  शोशाना जुबॉफको द एज अफ सर्भिल्यान्स क्यापिटलिज्म, डोन र एलेक्स टैपस्कटको ब्लकचेन रिभोलुशन, वाल्टर आइसाक्सनको द इनोभेटर्समा,  केविन केलीको द इनिविटेबल  र लुइस हेनरी मोर्गनको प्राचिन समाज-मानव सभ्यताको एतिहासिक विकास) को गहन अध्ययन, विश्लेषण तथा विश्लेषण गरी तयार पारिएको छ ।

  1. Life 3.0 by Max Tegmark
  2. Superintelligence by Nick Bostrom
  3. The Fourth Industrial Revolution by Klaus Schwab
  4. Homo Deus by Yuval Noah Harari
  5. The Singularity Is Near by Ray Kurzweil
  6. AI Superpowers by Kai-Fu Lee
  7. The Age of Surveillance Capitalism by Shoshana Zuboff
  8. Blockchain Revolution by Don Tapscott and Alex Tapscott
  9. The Innovators by Walter Isaacson
  10. The Inevitable by Kevin Kelly

लेखक बुढाथोकी कर्णाली प्रदेश वन निर्देशनालय, सुर्खेतमा रेञ्जर पदमा कार्यरत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार