काठमाडौँ । सरकारले राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो।
सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवत्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा रहेका पौडेललाई सरकारले सचिव बढुवा गर्ने निर्णय गरेको हो ।

