विशेष महाधिवेशनको पक्षमा खुले २ हजार ६६२ प्रतिनिधि

विशेष महाधिवेशनको पक्षमा खुले २ हजार ६६२ प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेका छन् ।

विशेष महाधिवेशनको सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो ।

जस अनुसार, कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यका १७८ र भ्रातृ, शभेच्छुक र जनसम्पर्क गरेर १९५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका हुन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जानकारी गराइएको छ ।

आइतबार बिहान ८ बजेदेखि नै प्रतिनिधिहरूले नाम दर्ता गराइरहेका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार