काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रूकुम पूर्वबाट कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ।
थापा विघटित प्रतिनिधिसभाकी समानुपातिक सांसद हुन्। कांग्रेसले उनलाई पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो।
यस्तै, रूकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उम्मेदवार छन्।
नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लिलामणि गौतमलाई उम्मेदवार बनाएको छ। गौतम पनि पहिलो पटक निर्वाचनमा उम्मेदवार बनेका हुन्।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दिप पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति लखन स्वार उम्मेदवार बनेका छन ।

