काठमाडौंमा ‘लुटेरा’माथि प्रहरीले चलायो गोली

काठमाडौंमा ‘लुटेरा’माथि प्रहरीले चलायो गोली

प्रतीकात्मक तस्बिर ।
काठमाडौं । काठमाडौंको मूलपानीमा गोली प्रहार गरी प्रहरीले १० जनलाई पक्राउ गरेको छ । बुधबार (माघ १४) राति लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

लुटपाट गर्न हिँडेको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास गरिएपछि गोली चलाइएको परिसरले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर एकजना घाइते छन् । घाइते हुनेमा विनय तामाङ रहेका प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका १० जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार