प्रतिनिधि सभा निर्वाचन केन्द्रित रुकुम पश्चिममा तरुण दलको अन्तरक्रिया

प्रतिनिधि सभा निर्वाचन केन्द्रित रुकुम पश्चिममा तरुण दलको अन्तरक्रिया

oplus_0

मुसिकोट । नेपाल तरुण दल रुकुम पश्चिमको आयोजनामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाली कांग्रेसको पार्टी कार्यालय खलंगा, रुकुम पश्चिममा सञ्चालन गरिएको हो।
नेपाल तरुण दल रुकुम पश्चिमका जिल्ला अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्रीकाे प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारी, सहसचिव यज्ञ विष्ट, प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु केसी, नेताहरू तिलक भण्डारी, खडकबहादुर डाँगी, गोरखबहादुर खत्री, लालबहादुर महत, शिव आचार्य तथा नेपाली कांग्रेस मुसिकोट नगर सभापति प्रेमबहादुर ओलीलगायतको उपस्थिति रहेको थियो।
यसैगरी जिल्लाका छ वटै पालिकाबाट तरुण दलका सभापति तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु केसीलाई विजय गराउन तरुण दलको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहने भएकाले सोही विषयमा केन्द्रित रही छलफल गरिएको नेपाल तरुण दल रुकुम पश्चिमका जिल्ला अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिनु भयो।
कार्यक्रममा सहभागी युवाहरूले विभिन्न विषयमा आफ्ना धारणा राख्दै पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
छलफलको क्रममा प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न समिति गठन गरिएको छ। जिल्ला अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षतामा १०१ सदस्यीय प्रचार–प्रसार मूल आयोजक समिति गठन गरिएको छ। साथै, तरुण दलका छ वटै पालिका सभापति समेटिएको उपसमिति तथा निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि छुट्टाछुट्टै समिति गठन गरिएको जनाइएको छ।

oplus_0

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार