चौरजहारीमा माछा मार्न गएका बालकको नदिमा डुबेर मृत्यु

चौरजहारीमा माछा मार्न गएका बालकको नदिमा डुबेर मृत्यु

सुर्खेत । रुकुम पश्चिममा भेरी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका ३ स्थित भेरीमा माछा मार्न गएका बालकको मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका ११ मटेला निवासी अजय गिरीका १४ वर्षीय छोरा अनिश गिरीाको मृत्यु भएको हो ।

धमिलो भएको भेरी नदिमा माछा मार्न भन्दै घरबाट झोलुङगे पुल तरेर रुकुम पश्चिम तर्फको नदि किनारमा आएका थिए । सोहि क्रममा उनी नदिमा डुबेका थिए । स्थानीयले उद्धार गरेर उपचारको लागि चौरजहरी अस्पताल पुर्याएको बेला चिकित्सकले अनिशलाई मृत घोषणा गरेका थिए ।

मृतक गिरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । अनिश घरको एक्लो छोरा हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार