रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान ८ बजे माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकबाट ६०० मिटर तल जिप खस्दा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमा दुई जना पुरूष र एक जना महिला छन्।

उनीहरूको पहिचान खुलिसकेको भने छैन। गाडी भिरालोमा रहेकाले नम्बर खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखु घटनास्थल तर्फ पुग्दै छन्।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्ता पाता, पाइप लगाएका सामग्री फेला परेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार