प्रेम संगमको शब्द रहेको ‘मै कस्ती भाकिछु’ तिज गीत सार्वजनिक

प्रेम संगमको शब्द रहेको ‘मै कस्ती भाकिछु’ तिज गीत सार्वजनिक

काठमाडौँ । नेपाली महिलाहरुको महान् चाड हरितालिका तिज पर्वलाई लक्षित गर्दै गीतकार प्रेम संगमको शब्द रहेको नयाँ तिज गीत ‘मै कस्ती भाकि छु’ सार्वजनिक गरिएको छ ।

गीतमा गायिका नीता थापा मगरको स्वर रहेको छ भने राजकुमार बगरको संगीत रहेको छ । गीतको संगीत संयोजन हेमन्त कान्छा रसाइलीले गर्नुभएको छ । गीतको अडियो त्रिवेणी डिजिटल स्टुडियोमा तयार गरिएको हो ।

गीतको भिडियोमा निशा मगर र विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी मौसम बरालले गर्नुभएको छ भने छायांकन, सम्पादन र रङ संयोजन निर्मल प्याकुरेलले गर्नुभएको छ ।

भिडियोका उत्पादन व्यवस्थापक भीमप्रसाद पौडेल रहनुभएको छ । श्रीनाथ फिल्म्स, सुर्खेतमा भिडियो निर्माण गरिएको हो भने पोस्ट–प्रोडक्सन कृपा एन्ड कृतिका प्रोडक्सनले गरेको छ ।

तिज पर्व नजिकिँदै गर्दा सार्वजनिक गरिएको ‘मै कस्ती भाकि छु’ले नेपाली महिलाका भावना र तिजको सांस्कृतिक उत्सवलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीत प्रतीक्षा सिजापती (Pratiksha Sijapati) नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

रुकुम पश्चिमको चाैरजहारी निवासी सर्जक प्रेमबहादुर घर्ती  (प्रेम संगम)  नेपाल सरकारको शाखा अधिकृत हुनुहुन्छ । हाल उहाँ रोल्पाको सुनछहारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।

यस अघि उहाँको शब्द सिर्जनामा गजल गित निदाउन सक्दिन,  तिमी त दुस्मन, तिज गित नाचम बरिलै … लगायतका गित बजारमा आइसकेका छन । सबै गितहरले चर्चा बटुल्न सफल भएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार