सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनमा दिएका छन्।  उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन्।

पत्र बुझाउनुअघि नै उनले संसद्को रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले पद छोडेका हुन्।

बजेटको विषयले कांग्रेस–एमाले गठबन्धनमा खटपट भएपछि सुदूरपश्चिम सरकारको बजेट पारित हुन सकेको थिएन। यहाँ अहिले बजेट शून्यताको अवस्था छ।

एमालेको समर्थनमा अब सुदूपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार