मुसिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगर कार्यसमितिको सभापतिमा डिल्ली रमण महत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मुसिकोट नगर कार्यसमितिको चौथो नगर अधिवेशनबाट महतको नेतृत्वमा ३८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिकाे उपसभापतिमा सन्तोष मल्ल र सुजिता बि.क., सचिवमा भद्रबहादुर खड्का तथा सहसचिवमा अर्जुन कुमार ओली निर्वाचित हुनुभएको छ ।

