काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सासद पदबाट हटाउने भएपछि अब उनकाे ठाउँमा ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।
सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।
सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् ।