बुटवल–भैरहवा रुटमा बस गुड्न थाले

बुटवल–भैरहवा रुटमा बस गुड्न थाले

काठमाडौ । रुपेन्देहीको बुटवल–भैरहवा रुटमा एसी बस सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनपछि रोकिएका लुम्बिनी मेट्रोसिटी प्रालिका बस आइतबार बिहानबाट सञ्चालमा आएका हुन् ।

अध्यक्ष धनबहादुर अधिकारीले यहाँका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी गाडी चलाएको बताए ।

बस सञ्चालन गर्दा सरकारको निर्देशन अनुसारका सुरक्षाका मापदण्डमा पुर्‍याइएको उनले बताए । उक्त कम्पनीका ८ बस रहेका छन् । ती गाडी एक–एक घन्टाको फरकमा छुटेका छन् ।

सरकारले तोकेको ५० प्रतिशत भाडा वृद्धि गरेर संचालन गर्न पाउने निर्देशनअुनसार सोमबारबाट बुटवल–बर्दघाट रुटमा पनि गाडी सञ्‍चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार