श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या

श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या

काठमाडौँ । बाँकेमा श्रीमतीले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। खजुरा गाउँपालिका ६ निवासी ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान लक्षिराम थारुको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए।

डिएसपी खड्काका अनुसार आइतबार दिउँसो सवा ३ बजेतिर सामान्य घरायसी विवादका क्रममा मिछियाले श्रीमानलाई बञ्चरो प्रहार गरेकी थिइन्। बञ्चरो प्रहारबाट लक्षिरामको टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले बताए। हत्या गर्ने थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार