बग्गीखानाका १७ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

बग्गीखानाका १७ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । बिहिबार काठमाडौँमा १७ जना प्रहरी लाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार