एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

एथ्लेटिको मड्रिडले यो वर्ष (२०२०) ला लिगाको शीर्ष स्थानमा रहेर टुंग्याएको छ । बुधबार राति वाण्डा मेट्रोपोलिटनमा भएको खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेर शीर्ष स्थानमा कायम भएको हो ।

एथ्लेटिकोको जितमा २० औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिड साबिक विजेता रियल मड्रिड भन्दा दुई अंकले अघि रहेको छ ।

शीर्ष स्थानको एथ्लेटिकोको १४ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको १६ खेलबाट ३३ अंक छ। ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा ग्रानाडाले भ्यालेन्सिया तथा सेल्टा डी भिगोले हुएस्कालाई समान २–१ ले पराजित गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार