एसी मिलानको सिरी ए मा महत्वपूर्ण जित

एसी मिलानको सिरी ए मा महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो ।

एसी मिलानका लागि राफाएल लिएओले २५ औँ मिनेटमा गोल गरे । यस्तै ३६ औँ मिनेटमा पाएको पेनाल्टीमा फ्र्याक्क केसिएले गोल गरे ।

जितपछि १७ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा कायम छ । अरु खेलमा एट्लान्टाले बेनेवेन्तोलाई ४–१ तथा जेनोआले बोलोग्नालाई २–० ले पराजित गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार