राष्ट्रियसभाको अधिवेशन अन्त्य

राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ । अधिवेशन सुरु भएको नौ दिनमै राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। पुस १७ गते सुरु भएको अधिवेशन सरकारको सिफारिसमा आइतबार रातिदेखि अन्त्य हुने गरी राष्ट्रपति विद्यादेवि भण्डारीले निर्णय गरेकी हुन्।

आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारी नेपालको संविधानको धारा ९३ (२) अनुसार अन्त्य गरेकी हुन्। दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार सरकारले त्यसको अन्तिम दिन पुस १७ गते राष्ट्रियसभाको मात्र एकल अधिवेशन आह्वान गरेको थियो।

अधिवेशन अन्त्य हुनुअघि आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले आफ्नो सरकारले गरेका कामको चर्चा गरे भने प्रतिनिधि सभा विघटनको बचाउ गरे।

आफ्नो सरकारले तमाम काम गर्दा पनि केही मानिसहरूले जनताले विधि र पद्धतिको कुरा गरेको बताए। विधि र पद्धतिले खान लाउन नपुग्ने प्रधानमन्त्री ओलीको तर्क थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार