५४ वर्षको उमेरमा व्यवसायिक फुटबलमा सक्रिय हुने जापानका ‘किङ्ग काजु’

५४ वर्षको उमेरमा व्यवसायिक फुटबलमा सक्रिय हुने जापानका ‘किङ्ग काजु’

जापानका सबैभन्दा पाको उमेरका सक्रिय फुटबल खेलाडी काजुयोशी मिउराले आउँदो सिजन पनि खेल्ने भएका छन् । ५४ वर्ष लागेपछि पनि काजुयोशीले व्यवसायिक फुटबल खेल्ने तय भएको हो । जे लिग क्लब योकोहामा एफसीले उनको सम्झौता थप एक वर्षका लागि लम्ब्याएको छ ।

काजुयोशी आउँदो फेब्रुअरी २६ मा ५४ लाग्ने छन्, त्यसको भोलिपल्ट जापानिज फुटबल लिगको २०२१ को सिजन सुरु हुनेछ । जापानका पूर्व स्ट्राइकर काजुयोशीले सन् २००५ देखि योकोहामाबाट खेल्दै आएका छन् ।

आफ्नो फुटबलप्रतिको मोह लगातार बढिरहेको उनले बताएका छन् । काजुयोशीले ब्राजिलको क्लब सान्तोसबाट सन् १९८६ मा आफ्नो खेल जीवन सुरु गरेका थिए । ५० वर्षको उमेरमा सन् २०१७ मा गोल गरेर उनी जापानको व्यवसायिक लिगमा गोल गर्ने सबैभन्दा बढि उमेरको खेलाडी बनेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार