तस्बिरमा हेर्नुस्, रुकुममा हरिभक्त ओलीको २२ औँ स्मृति सभा

तस्बिरमा हेर्नुस्, रुकुममा हरिभक्त ओलीको २२ औँ स्मृति सभा

चौरजहारी । तत्कालीन रुकुम जिविस सभापति एवं नेपाली काँग्रेसका नेता स्वर्गीय हरिभक्त ओलीको २२ औँ स्मृति सभा मनाइएकाे छ। नेपाली काँग्रेस रुकुम पश्चिमको आयोजनामा चौरजहारी नगरपालिकाको शंकपिलमा श्रद्धाञ्जली सभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेल, पूर्व राज्यमन्त्री मिठु मल्ल,
काँग्रेस महासमिति सदस्य कृष्ण बहादुर रोकाय, खड्क डाँगी, तिलक भण्डारी, बेदराज सिंह, नेविसंघ महामन्त्री उर्मिला थपलिया, युवा नेता तथा नेपालगञ्ज उप-महानरपालिका उपमेयर उमा थापा मगर, जाजरकोट कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले सम्बोधन गरेका थिए ।

श्रद्धाञ्जली सभामा जिल्लाका ६ वटै स्थानीय तहका नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए । तत्कालिन माओबादीले २०५५ माघ १ गते चौरजहारीमा काँग्रेसका नेता हरिभक्त ओलीको घाँटि रेटेर विभत्स हत्या गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार