पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूत नियुक्त

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूत नियुक्त

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार