घर फर्कने मजदुरलाई कोरोना भाइसर रोकथाम सम्बन्धी जानकारी

घर फर्कने मजदुरलाई कोरोना भाइसर रोकथाम सम्बन्धी जानकारी

चैत्र १७ रुकुम पश्चिम
रोजगारिको सिलसिलामा बाग्लुङ जिल्लामा निर्माणधिन सडकमा काम गर्दै आएका जाजरकोट नलगाड र भेरि नगरपालिका का साथै रूकुम पश्चिम आठबिसकोट नगरपालिका घर भएका युवाहरुलाई आज मुसिकोट नगरपालिका वडा नम्बर १३ ले घर फर्कने क्रममा आफनो कार्यालय परिसरमा रोकेर साबुन, माक्स र केहि खानेकुरा बितरण गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि उनीहरु बाग्लुङबाट चार दिन पैदल हिडेर आएका हुुन ।
पैदल हिडेर आएका उनीहरुलाई मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी र वडा सदस्य खल बहादुर खड्काले सहयोग स्वरुप सबैलाई माक्स, हातधुने साबुन, चाउचाउ र बिस्कुट बितरण गर्नुका साथै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्ने उपायहरु जानकारी गराइएको थियो ।

उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिइएको वडा सदस्य खलबहादुर खड्काले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार