महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै

फाईल फोटो

काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आज दिउँसो २ बजे देखि सुरु हुँदैछ । सात टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय लिग आयोजना गर्ने भन्दै मितिसमेत तय गरिसकेको थियो । खेलाडीहरु उत्साहित थिए । विभागीय तीन टिमसहित उपमेयर कप खेलेका उत्कृष्ट चार टिम ष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

७ टिमले एकआपसमा दुई पटक प्रतिस्पर्धा गर्दा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउँथे । यस्तै लिग उपत्यका बाहिर गर्ने गरी तयारी पनि भइरहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार