लुकुममा अटो दुर्घटना हुँदा एकको ज्यान गयो, दुई घाइते

लुकुममा अटो दुर्घटना हुँदा एकको ज्यान गयो, दुई घाइते

रुकुमकाेट । रुकुम पूर्वमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन । जिल्लाको भुमे गाउँपालिका १ लुकुममा बुधबार अटो दुर्घटना हुँदा अटो चालक १७ वर्षीय आशिस विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेन्द्र बानियाँका अनुसार रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा अन्य दुइ घाइते भएका छन । लुकुमकै १४ बर्षकि अञ्जली विक र १५ वर्षीया एलिना विक घाइते भएका हुन । अटो अनिन्त्रीत भएर सडकबाट १ सय मिटर तल लुकुम खोलामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते अञ्जली र एलिनालाई थप उपचारका लागी रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको प्रहरी निरिक्षक बानियाले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार