दाङबाट काँकडभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

दाङबाट काँकडभिट्टा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस सर्लाहीमा आज बिहान चार बजे दुर्घटना भएको छ । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना परि १७ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् । राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । बस दुर्घटनाको कारण खुलेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार