मुसिकोट-११ को बालचेतना आधारभूत विद्यालयको भवन उद्घाटन

मुसिकोट-११ को बालचेतना आधारभूत विद्यालयको भवन उद्घाटन

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ को खर्चिबाङमा रहेको वालचेतना आधारभूत विद्यालयको भवन उद्घाटन गरिएको छ । खर्चिबाङमा रहेका वालचेतना आधारभूत विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरिएको हो ।

नगर प्रमुख देबीलाल गौतमले रिबन काटेर उक्त भवनको उद्घाटन गर्नु भएको छ । यस अघि जीर्ण रुपमा रहेको सानो भवनको साँघुरा कोठामा पढाइ सञ्चालन गर्दै आएको उक्त वालचेतना आधारभूत विद्यालयकोे नव निर्मित भवनको उद्घाटन गरेसँगै वालवालिकाहरुको बसाइ ब्यबस्थापन तथा कार्यालय ब्यबस्थापनमा थप सहज भएको प्रधानाध्यापक ओपेन्द्र बिसीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरवीर खड्का, सामाजिक विकास समिति संयोजक एबं ५ नम्बर वडा अध्यक्ष शुसिल गौतम, ११ नम्बर वडा अध्यक्ष पदम बहादुर पुन, ११ नम्बर वडाका सबै जनप्रतिनीधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय खड्कबहादुर केसीले गर्नुभएको थियो । यसैबिच सोहि वडामा रहेको वेथखोला छिप्रेपानी खर्चिबाङ सडक खण्डको  उद्घाटन गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार