प्रधानमन्त्री कप पुरुष राष्ट्रिय त्रिकेट प्रतियोगिताबा सुदूरपश्चिम प्रदेश बाहिरियो

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय त्रिकेट प्रतियोगिताबा सुदूरपश्चिम प्रदेश बाहिरियो

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय त्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेश बाहिरिएको छ । मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा पराजित सुदूरपश्चिमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भन अझै बाँकी छ ।

सजह जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए ।  सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो । जितसँगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार