चलचित्र ‘प्रकाश’ बाट डेब्यू गर्दै थिएटर कलाकार ‘रेनु योगी’

चलचित्र ‘प्रकाश’ बाट डेब्यू गर्दै थिएटर कलाकार ‘रेनु योगी’

काठमाडौँ– चलचित्र ‘प्रकाश’बाट रेनु योगी नेपाली चलचित्रमा डेब्यू गर्दैछिन्।  दिनेश राउत निर्देशित चलचित्र फागुन दोस्रो साताबाट ‘फ्लोर’मा जादैछ। यो चलचित्रको मुख्य नायक प्रदीप खड्का पहिला नै फाइनल भइसकेका थिए।

निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौं।’ अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका थिए। ‘ब्याचलर’ अध्ययन गरेकी रेनु थ्रिएटर आर्टिस्ट हुन्।

उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन्। उनले हालसम्म १० वटा भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन्।

जुम्लामा छायांकन गरिने चलचित्रको ४५ दिनको छायंकन सेड्युल राखिएको छ।  बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन्। चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार